पारस कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने

चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफु पुर्ण रुपमा फिट भएको र कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका छन ।

कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका पारसले मलेसिया विरुद्धको खेल गुमाएका थिए । कम्मरमा आएको चोटका कारण फिट हुन नसकेपछि मलेसिया विरुद्ध मैदान बाहिर नै रहेका उनले मैदानमा खेल्न भन्दा कठिन हेर्न रहेको बताए ।

कतार विरुद्धका खेलमा चोट र हार दुबैको पिडा खेपेका पारसले आफु कुवेत विरुद्धको खेलका लागि फिट रहेको र मैदानमा उत्रन तयार रहेको बताए । कुवेतको टिम बलियो रहेकाले टिमले भोली पिचको कन्डिसन हेरेर योजना बनाउने समेत बताए । साथै उनले नेपाली टिमसँग गल्ति गर्ने कुनैपछि मौका नरहेकाले त्यहि अनुसार आफुहरु खेल्ने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest