मलेसिया र कतारको हारले नेपाललाई शिर्ष स्थानमा रहने मौका, बाँकी दुबै खेल जित्नुपर्ने

आइसीसी टी २० विश्वकपको एशिया छनोटमा नेपाल शिर्ष स्थानमा रहने प्रबल संभावना बढेको छ । तर त्यसका लागि नेपालले अब बाँकि खेल्नुपर्ने कुवेत र सिंगापुर विरुद्धको खेलहरु जित्नेपर्ने हुन्छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसिया सिंगापुरसँग र कतार कुवेतसँग हारेपछि नेपालको शिर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने संभावना बलियो बनेको छ । सिंगापुरले मलेसियालाई आठ विकेटले हरायो भने कुवेतले कतारलाई १० रनले पाखा लगाएपछि नेपालको शिर्ष स्थानमा पुग्ने बाटो खुलेको हो ।

शिर्ष स्थानका लागि अब नेपालसँगै सिंगापुर र कुवेत दावेदार बनेका छन । जसमा नेपालले भोली कुवेतसँग खेल्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्धन्द्धी सिंगापुर रहेको छ ।

आजको खेलपछि अहिले शिर्ष स्थानमा रहेको सिंगापुरको तीन खेलबाट ५ अंक भएको छ भने कुवेतको तीन खेलबाट एक जितका साथ तीन अंक छ । यता मलेसियाको पनि तीन खेलबाट दुई अंक छ । अंक तालिकाको चौथो स्थानमा रहेको नेपालको दुई खेलबाट दुई अंक छ । कतारको भने संभावना समाप्त भएको छ ।

अंक तालिका
सिंगापुर ३ खेल २ जित १ बराबरी ५ अंक
कुवेत ३ खेल १ जित १ बराबरी, १ हार ३ अंक
मलेसिया २ खेल १ जित एक बराबरी १ हार २ अंक
नेपाल २ खेल १ जित १ हार २ अंक

नेपाली समर्थकलाई फेरी विश्वकप खेल्ने सपना पुरा गर्न अब नेपाललाई रन रेट भन्दापनि जित निकाले पुग्ने भएको छ । अब नेपालले बाँकि दुई खेल जितेमा ६ अंक हुनेछ । जसमा उसले अहिले तालिकाको शिर्ष दुईमा रहेका टिमसँग नै खेल्नु पर्नेछ । नेपालले जितेमा सिंगापुर ५ अंकमा नै रोकिने छ भने कुवेत तीन अंकमा नै समेटिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest