आयरल्याण्ड विरुद्धको टेष्टमा इंग्ल्याण्ड एक सय ४३ रनले विजयी

आयरल्याण्ड विरुद्धको टेष्टमा इंग्ल्याण्ड एक सय ४३ रनले विजयी भएको छ ।

इंग्ल्याण्ड दोस्रो इनिङमा ३०३ रनमा अलआउट भएपछि आजै आयरल्याण्डले दोस्रो इनिङ शुरु गरेको छ । पहिलो इनिङमा ८५ रनमा अलआउट भएको इंग्ल्याण्डले दोस्रो इनिङमा भने सन्तोषजनक प्रदर्शन गरेको थियो । इंग्ल्याण्डका लागि ज्याक लिचले ९२ रनको योगदान दिए ।

त्यस्तै ज्यासन रोयले ७१ रन बनाए भने साम कुरानले ३७ तथा जो रुटले ३१ रन जोडे । बलिङतर्फ मार्क अदइर र स्टुवार्ट थम्प्सनले तीन तीन विकेट लिए भने बोइड र्यान्किनले दुई विकेट लिए ।

एक सय ८२ रनको लक्ष्य पक्ष्याएको आयरल्याण्ड दोस्रो पारीमा मात्र ३८ रनमा समेटिएपछि इंग्ल्याण्ड एक सय ४३ रनले विजयी भएको छ । टेष्ट क्रिकेटमा आयरल्याण्ड कम रनमा समेटिने सातौं टिम बनेको छ । इंग्ल्याण्डको तिब्र गतिका बलरसामु टिक्न नसकेको आयरल्याण्डका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । आयरल्याण्डका पारीलाई ध्वस्त बनाउन स्टुवार्ट ब्रोडले चार तथा क्रिस ओक्सले ६ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest