मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिए

पाकिस्तानी क्रिकेट टिमका तिव्र गतिका बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनले अव सिमित ओभरको खेलमा मात्रै ध्यान दिने बताएका छन् ।

टेस्टबाट सन्यास लिएसँगै उनी एक दिवसीय र टी २० मात्र खेल्ने बताइएको छ । यसैगरी फ्रेन्चाइज लिग भने खेल्ने प्रष्ट पारेका छन् । आमिरले सन्यासका विषयमा भनेका छन् ‘पाकिस्तानी क्रिकेट टिमबाट खेल्न पाउनु मेरो लागि ठूलो कुरा हो, तर मैले क्रिकेटको लामो संस्करण अर्थात टेस्टबाट बाहिर जाने निर्णय गरेको छु, यसले पक्कै पनि सिमित ओभरको खेलका लागि फाइदा पुग्ने छ ।’

२००९ मा श्रीलंकाविरुद्ध १७ वर्षका उमेरमा टेस्ट क्रिकेटमा डेव्यु गरेका आमिरले ३६ टेस्टमा ११९ विकेट लिएका छन् । उनको सर्वाधिक सफल ४४ रन दिएर ६ विकेट लिनु हो । उनले पाकिस्तानी टिमलाई टेस्टमा ब्याटिङ गरेर पनि योगदान गरेका छन् ।

७५१ रन बनाएका आमिरको सर्वाधिक स्कोर ४८ रन हो । आमिरको टेस्ट करियर भने विवादित नै रह्यो । म्याच फिक्सिङका कारण उनी ७ वर्षको प्रतिबन्धमा समेत परेका थिए । प्र

तिबन्ध पुरा भएपछि पनि टिममा समावेश गर्ने विषयमा पाकिस्तानकै अरु सिनियर खेलाडीले आपत्ति जनाएका थिए । तर टिममा पर्दै हालै भएको विश्वकपमा समेत उनले शानदार प्रदर्शन गरे । अस्ट्रेलियाविरुद्ध आमिरले सर्वाधिक ५ बिकेट हात पारेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest