नेपाल v कुवेत – नेपालले टस जितेर बलिङ गर्ने

आइसीसी टी-२० विश्वकप एशिया छनोटमा नेपालले अबको केहि बेरमा कुवेत विरुद्ध खेल्दैछ । नेपालका लागि जितको विकल्प नभएको खेलमा आज कुवेत विरुद्ध के गर्ने हो त्यो सबैको चासोको विषय बनेको छ । नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको । नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । पारस खड्का प्रदिप ऐरीको स्थानमा टिममा परेका छन ।

हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपाल भन्दा बरियतामा तल रहेको टिम हो । ८ बर्षपछि टी २० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने संभावना कायम रहनेछ । त्यसैले पनि उसले नेपाल विरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest