सिंगापुरले टस जितेर ब्याटिङ गर्ने

आइसीसी टी २० विश्वकपको एशिया छनोटको फाइनलमा अहिले नेपाल र सिंगापुर विच प्रतिस्पर्धा हुँदैछ । जसमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शिर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ ।

नेपाल र सिंगापुर विचको फाइनल खेल सेन्टर विकेटमा खेलाइदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन । यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो ।

आज नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । कुवेत विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ ।

सिंगापुर विरुद्ध नेपालको प्लेइङ सेट

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषवाकर
  • विनोद भण्डारी
  • सन्दिप लामिछाने
  • करण केसी
  • बसन्त रेग्मी
  • दिपेन्द्रसिंह ऐरी
  • सोमपाल कामी
  • अभिनाश बोहोरा
  • रोहित कुमार पौडेल

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest