सन्दिप र सोमपालको टिम आमने-सामने हुँदै

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा आजराति सन्दिप लामिछाने र सोमपाल कामीको टिम आमनेसामने हुँदैछन । जसका लागि सन्दिप र सोमपाल क्यानडा पुग्नेक्रममा रहेका छन । यो प्रतियोगितामा सोमपाल र सन्दिपको टिम पहिलो पटक खेल्न लागेका हुन ।

आजको खेलमा सोमपाल खेल्ने संभावना कम भएपछि सन्दिप खेल्ने प्रबल रहेको छ । आजको खेल खेल्ने हिसावले दुबै खेलाडी सिंगापुरबाट आइसीसी टी २० विश्वकप एशिया छनोट सकिएको राति नै क्यानडाका लागि उडेका थिए ।

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका टोरन्टो र हक्सको समान दुई दुई अंक रहेको छ । सिंगापुरमा भएको विश्वकप छनोटको एशिया क्षेत्रमा दुबै खेलाडीले ब्यक्तिगत रुपमा राम्रो गरेपनि टिमका लागि भने खराव रहेको थियो । अब ग्लोबल टी २० क्रिकेटसँग सन्दिपको विदेशी फ्रेन्चाइजी लिगको यात्रा फेरी सुरु भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest