भारतीय युवा क्रीकेटर पृथ्वी श ८ महिनाका लागि निलम्बनमा

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले युवा ब्याट्सम्यान पृथ्वी शलाई ८ महिनाका लागि निलम्बन गरेको छ ।

बीसीसीआईले प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको जनाएको छ ।

बीसीसीआईले मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । श प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन् । उनले सेवन गरेको पदार्थ औषधीमा पाईने गरेको बीसीसीआईले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शले आफ्नो नमुना परिक्षण गरेका थिए । जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो ।

शले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका छन् । तर उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन् । बीसीसीआईले शको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest