ग्लोबल टी-20 लिगमा सोमपालको टिम आज खेल्दै

क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम विनीपेग हक्सले आज ब्रम्पटन उल्भ्ससँग खेल्नेछ ।

नेपाली समय अनुसार राती साढे १२ बजे सुरु हुने यो खेलमा हक्स तेस्रो जितका लागि मैदानमा उत्रनेछ । यसअघिको खेलमा सन्दिप लामिछानेको टिम टोरन्टो नेश्नल्सलाई तीन विकेटले हराएको हक्सको तीन खेलबाट चार अंक रहेको छ ।

उसले दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो । आजको खेलमा नेपाली खेलाडी सोमपाल कामी खेल्ने मौका पाउने संभावना न्यून रहेको छ । रायाद इम्रितको कप्तानीमा रहेको टिममा सोमपाललाई पहिलो पटक लिइएको छ ।

यसअघिको खेलमा बेन्चमा बसेका सोमपाल यहि प्रतियोगिताका लागि सिंगापुरबाट सोझै क्यानडा उडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest