अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएर पहिलो खेल खेलको आज एक बर्ष

नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएपछि पहिलो खेल खेलको आज एक बर्ष पुगेको छ । यो एक बर्षमा नेपाली टिमले दुई वटा मात्र एकदिवसिय सिरीज खेल्न सफल भयो । निलम्बनका बाबजुतपनि आइसीसीको विशेष कार्यनितीले नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता भने खेल्दै आएका छन ।

नेपालले एकदिवसिय मान्यता पाएपछि पहिलो खेल गत बर्षको अगष्ट एक तारिखमा नेदरल्याण्ड्स विरुद्ध उसकै मैदानमा खेलेको थियो । जसमा नेपाली टिम ५५ रनले पराजित भएको थियो । तर दोस्रो खेलमा भने नेपालले ऐतिहासिक एक रनको जित निकालेको थियो ।

जसका कारण नेपाली टिमले सिरीज एक एकको बराबरी गरेको थियो । सो खेलमा पारस खड्काले अन्तिम ओभर बलिङ गर्दा नेदरल्याण्ड्सलाई अन्तिम बलमा जितका लागि दुई रन चाहिएको थियो । जसमा पारसले अन्तिम विकेटका रुपमा रनआउट गर्दै टिमलाई जित दिलाएका थिए । त्यसपछि खेलाडीको सेलिब्रेसन हेर्न लायक बनेको थियो ।

सो सिरीजपछि नेपाली टिमले युएईसँग तीन एकदिवसिय खेलको सिरीज खेलेको थियो । जसमा नेपालले सिरीज दुई एकले जितेको थियो ।

जसमा युवा बलर सन्दीप लामिछानेले ट्वीट गर्दै ओडिआईको पहिलो खेलको स्मरण गरेका हुन् । “हामी नतिजा हात पार्न असफल रह्यौं । हामी सबै खेलाडीले आफ्नो क्षमता अनुसार खेल्न नसकेकोमा जिम्मा लिन चाहान्छौं । त्यो नराम्रो सपना थियो,” सन्दीपले ट्वीटरमा लेखेका छन्,‘हामी बलियो भएर फर्किने छौं । यो खुसीलाई फर्काउने गरि । आशा र विश्वास छ ।”

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest