सोमपालको टिम विनिपेग वुल्भ्ससंग ७ विकेटले पराजित

ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा सोमपाल कामी सम्मिलित विनिपेग होक्स ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले पराजित भएको छ ।

सुरुवाती ब्याटिङ गरेको होक्स १८ दशमलव ५ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

साइमान अनवरले ३१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । पुछारका ब्याट्सम्यान कलिम सानाले २७ र सन्नी सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् ।

वुल्भ्सका रोहन मुस्तफा, इस सोधी, सहिद अफ्रिदी र जाहोन खानले समान २-२ विकेट लिए । सेसिल परवेजले एक विकेट लिए ।

१ सय १७ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको वुल्भ्सले १४ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । कप्तान कोलिन मुन्रोले अविजित ५३ रन बनाउदै टिमको जित निश्चित गरेको थिए । बाबर हायातले नटआउट ३७ र ओपनर लेन्डी सिमोन्सले २२ रन बनाएका थिए ।

होक्सका मोहमद इरफानले सर्वाधिक २ विकेट लिएका थिए ।

जितपछि उल्भ्स ३ खेलमा सतप्रतिसत नतिजा सहित ६ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा छ । हक्स ४ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest