एसेसमा स्मिथकाे सतकमा अष्ट्रेलिया जाेगियाे

अस्ट्रेलियाका स्टिभ स्मिथले बल टेम्परिङको घटनापछि शतक प्रहार गर्दै टेस्टमा पुनरागमन गरेका छन । उनले इङल्यान्ड विरुद्ध हिजोबाट सुरु भएको एसेस सिरिजको पहिलो टेस्टको पहिलो दिन एक एक सय ४४ रनको शानदार पारी खेले ।

स्मिथको पारीको मदतमा अस्ट्रेलिया कम स्कोरमा समेटिन बाट जोगियो । एज्बास्टोनमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया एक समय एक सय २२ रनमा आठ विकेटको अवस्थामा थियो । तर स्मिथले अक्रमक पारी खेलेपछि दुइ ८४ रनमा अल आउट भएको थियो । जसमा आधा भन्दा बढी योगदान स्मिथको रह्यो ।

डेविड वार्नर दुइ, क्यामरुन बेनक्रफ्ट आठ, उस्मान ख्वाजा १३, ट्रेभिस हेड ३५, म्याथ्यु वेड एक , कप्तान टिम पेन पांच र जेम्स पेटिन्सन शुन्यमा आउट भएका थिए । पुर्व कप्तान स्मिथ , वार्नर र बेनक्रफ्ट संगै बल टेम्परिङपछि टेस्टमा फर्किएका हुन् । स्मिथ र पिटर सिडलले नवौ विकेटका लागि ८८ रनको योगदान गरेका थिए । टेस्ट क्रिकेटमा २४ औं शतक प्रहार गरेका स्मिथ, स्टुवार्ट बोर्डको वलमा आउट भएका थिए । सिडलले ४४ रन जोडे । वलिङ तर्फ स्टुवार्टले पांच र क्रिस वोक्सले तीन विकेट लिए ।

जवाफमा इङल्यान्डले दुइ ओभरमा विना क्षती दश रन बनाएको छ । क्रिजमा रोरी बर्नस र जेसोन रोय छन । यसपटकको एसेस विश्व टेस्ट च्याम्पियनसिपको पहिलो सिरिज भएकाले पनि बढी महत्वका साथ लिइएको छ । दुइ वर्ष सम्म चल्ने टेस्ट च्यम्पियनसिपमा नौ टिमले कुल २७ सिरिज खेल्नेछन । यस्तै टेस्टमा पहिलो पटक जर्सीमा खेलाडीको नाम र नम्बर पनि राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest