पाकिस्तानी क्रिकेटर रियाजकाे सन्यास

पाकिस्तानी क्रिकेटरहरूले सन्यास लिने क्रम बढेकाे छ । केहि दिन अगाडी माेहम्मद अामीरले सन्यास लिएकाेमा फेरी अर्का बलर वाहब रियाजले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

१० बर्षे लामो टेष्ट क्रिकेट यात्राबाट रियाजले सन्यास लिएको पाकिस्तान क्रिकेट बोर्डका प्रमुख इशान मनिले पुस्टि गरे । उनकाे सन्यासका बारेमा बाेल्दै इशानले रियाज क्यानडाबाट फर्किएपछि मात्र औपचारिक रुपमा सन्यास लिने घाेषणा गर्ने बताए । हाल क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिग खेलिरहेका रियाजले त्यसअघि इंग्ल्याण्डमा भएकाे विश्वकप छनाेट पनि खेलेका थिए ।

३४ बर्षे रियाजले पाकिस्तानका लागि २७ टेष्टमा ८३ विकेट लिएका छन । सन् २०१० इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका उनले पहिलो खेलको पहिलो टेष्टकाे पहिलाे इनिङ्समा ५ विकेट हात पारेका थिए । रियाजको सन्याससँगै एक हप्ता भित्र पाकिस्तानका भरपर्दा २ फास्ट बलरले सन्यास लिएका छन् । यसअघि मोहमद आमिरले सन्यास घोषणा गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest