डु प्लेसिसले जिते पुरुष वर्ष क्रिकेट खेलाडीकाे अवार्ड

दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले पुरुष वर्ष क्रिकेट खेलाडी अवार्ड जितेका छन् । डु प्लेसीसले ‘दक्षिण अफ्रिका क्रिकेटर अफ दि ईयर’ अवार्ड जितेका हुन् ।

प्लेसीस दक्षिण अफ्रिका क्रिकेटको सबै फर्म्याटका कप्तान हुन् । र, प्लेसीस यस अवार्ड पाउने ११ औं खेलाडी हुन् ।

यस्तै प्लेसीसले एकदिवसीय क्रिकेटर अफ दि ईयर अवार्ड समेत जितेका छन् । क्विनटन डी ककले टेष्ट क्रिकेटर अफ दि ईयर अवार्ड जित्दा डेभिड मिल्नरले टी-ट्वान्टी क्रिकेटर अफ दि ईयर अवार्ड जितेका छन् ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड डान भान निएकेर्कले जितेकी छिन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest