एसेसमा स्मिथकाे अर्काे सतक

अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथले एसेस टेष्टमा अर्को उत्कृष्ट प्रदर्शनका साथ सतक प्रहार गरेका छन ।

पहिलो पारीमा एक सय ४४ रनमो उत्कृष्ट इनिङ खेलेका स्मिथले दोस्रो पारीमा पनि इंग्ल्याण्डका बलरलाई धुरुक्क पार्दै सतक प्रहार गरे । दोस्रो पारीमा पनि राम्रो गर्न नसकेको अष्ट्रेलियाका लागि स्मिथ र ट्राभिस हेडले एक सय ३० रनको साझेदारी गरेका थिए । जसमा हेडले ५१ रन बनाए ।

चौथो दिनको दोस्रो सेसनको सुरुवातमा नै स्मिथले सतक प्रहार गरे । एकै खेलमा दुई वटा पारीमा सतक बनाउने स्मिथ १७ बर्षपछि पहिलो अष्ट्रेलियन बनेका छन । सन् २००२ को एसेसमा म्याथ्यु हेडेनले दुई पारीमा दुई सतक बनाएका थिउ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest