न्युजिल्याण्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास

न्युजिल्याण्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास लिएका छन् ।

क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि उनले खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

म्याकुलम ग्लोबल टि-ट्वान्टी लिगमा सन्दिप लामिछाने रहेको टोरन्टो नेसनलबाट खेलिरहेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै ‘२० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद’ ।

म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका थिए । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी-ट्वान्टीमा २ हजार १४० रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest