डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकी क्रिकेट टिमका तिब्र गतिका बलर डेल स्टेनले तत्कालबाट नै लागु हुनेगरी टेष्ट क्रिकेटबाट सन्यास लिएका छन ।

पछिल्लो पटक चोटका कारण विश्वकपका मुख्य खेलहरू गुमाएका स्टेनले तत्काल लागु हुनेगरी टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले आफ्नो ट्विटरमा लेख्दै टेष्ट क्रिकेटबाट सन्यास लिएको र सबैलाई धन्यवाद दिएको बताए । उनले सबैले आफ्नो क्रिकेट करियरमा ठुलो सहयोग गरेको भन्दै अब टेष्टमा भन्दा सिमित ओभरको खेलमा बढि केन्द्रित हुने बताए ।

कन्धाको चोटका कारण स्टेनले विश्वकप गुमाएका थिए । त्यसपछि फेरी टिममा फर्किएपनि उनलाई चोटले भने छोडेन । जसका कारण उनले आफुलाई आराम दिन आवश्यक ठानेको क्रिकेट साउथ अफ्रिकाले जनाएको छ ।

उनले दक्षिण अफ्रिकाका लागि ९३ खेलमा चार सय ३९ विकेट लिएका छन । जुन टेष्ट क्रिकेटमा धेरै विकेट लिने तिब्र गतिका बलरको सूचीमा पाचौ स्थानमा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest