नेपाल सहित ओमानमा टी–२० सिरीज

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा हुन लागेको टी–२० सिरीज खेल्ने भएको छ ।

आगामी असोजमा हुने उक्त प्रतियोगितामा पाँच देशको सहभागिता रहने छ । नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले भने अनुमती दिएको छैन ।

यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागि सबै संघलाई पत्राचार गरीसकेको छ । जसका लागि नेपाली टिमलाई पनि सहभागिताका लागि निम्तो आएको हो ।

ओमान क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडी हुने भएकोले ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सकालाई राम्रो अभ्यास मिल्नेछ ।

प्रतियोगिताको खेल तालिका भने साबर्जनिक हुन बांकी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest