जिम्बावेको स्थानमा नाइजेरियाले टी–२० विश्वकपको छनोट खेल्ने

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा जिम्बावेको स्थानमा नाइजेरियाले खेल्ने मौका पाएको छ ।

पछिल्लो केहि सातादेखि आइसीसीको प्रतिबन्धमा परेको जिम्बावे क्रिकेटको निलम्बनलाई कायमै राख्दै आइसीसीले उसको स्थानमा पुरुषको विश्वकप छनोटमा नाइजेनीयालाई स्थान दिएको हो । योसँग नेपालको विश्वकप छनोट खेल्ने अन्तिम मौका पनि समाप्त भएको छ ।

जिम्बावे क्रिकेटमा सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएको थियो । जसलाई आइसीसीले निरन्तरता दिएको छ । टी–२० विश्वकप छनोट यूएईमा अक्टोर महिनामा हुँदैछ । जिम्बावेको प्रतिबन्ध नहटे नेपालले बरियताका आधारमा खेल्ने मौका पाउछकी भन्ने झिनो आशा योसँगै समाप्त भएको छ ।

यसका साथै महिला तर्फको विश्वकप छनोटमा पनि जिम्बोवेका स्थानमा नामिवियाले खेल्ने मौका पाएको छ । यसको असर यू–१९ टिममा पनि परेको छ । अब जिम्बावेका खेलाडी रोजगार विहिन भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest