टाेरन्टाे ग्लाेबल टी-२० काे प्लेअफमा, सन्दिपले लिए एक विकेट

क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दिप लामिछानेले आफ्नो तेस्रो खेलमा फेरी विकेट लिन सफल भएका छन । उनको यो तीन खेलमा तेस्रो विकेट हो ।

टोरन्टो नेश्नल्सका लागि सन्दिपले पुरै चार ओभर बलिङ गर्न भने पाएनन् । मोन्ट्रेल टाइगर्स विरुद्धको खेलमा सन्दिपले तीन ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए ।

सन्दिपले टिमको पाँचौ तथा ब्यक्तिगत पहिलो ओभरमा नौ रन खाए । उनले पहिलो ओभरको अन्तिम दुई बलमा दुई चौका खान पुगेका थिए । त्यसपछि दोस्रो ओभरमा पनि उनले नौ रन नै खर्चिए । सो ओेभरको दोस्रो बलमा दिनेश चन्दिमलले छक्का प्रहार गरेका थिए भने बाँकि एक एक रन दिएका थिए ।

दुई ओभरमा सन्तोष जनक प्रदर्शन गरेका उनले तेस्रो ओभरमा राम्रो बलिङ गरे । जसमा उनले सात रन खर्चिएर विकेट लिन सफल भए । ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा छक्का खाएका थिए । जसमा स्कट कुगिलीजीनले मिडविकेटमा छक्का प्रहार गरेका थिए । तर अर्को बलमा सन्दिपले उनलाई पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकि तीन बलमा उनले एक रन मात्र खर्चिए ।

सो खेलमा टोरन्टो नेश्नल्सले टाइगर्सलाई ३५ रनले हराउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ । टोरन्टोले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको टाइगर्समात्र एक सय ५४ रनमा अलआउट भयो । याे जितले सन्दिप रहेकाे टिम टाेरन्टाे र साेमपाल रहेकाे टिम विनिपेग प्लेअफमा खेल्ने भएका छन ।

प्रतियाेगितामा अहिले दाेस्राे चरणका खेलहरू भइरहेका छन ।

खेल अगाडी दुबै टिमका खेलाडीले पाउने पैशा नपाएकाे भन्दै हाेटेलबाट बस हिडाउन मानेका थिएनन् । खेल सुरू हुन करीव डेढ घण्टा अगाडी नै बस हाेटलबाट हिड्नु पर्नेमा खेलाडीले नै राेकेका थिए । जसका कारण खेल ताेकेकाे समयमा सुरू हुन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest