भारत र वेष्ट इन्डिज विचको पहिलो एकदिवसिय खेल आज

भारत र वेष्ट इन्डिज विचको पहिलो एकदिवसिय खेल आज राति हुँदैछ ।

तीन वटा टी २० सिरीजको उपाधि क्लिनस्विप गरेको भारतले एकदिवसिय खेलमा पनि आफुलाई बलियो स्थितीमा राखेको छ । पछिल्ला ५ वटा एकदिवसिय सिरीजमा भारतले चार वटामा जित हात पारेको छ भने एक सिरीज वेष्ट इन्डिजले जितेको छ । २०१७ मा वेष्ट इन्डिजले अन्तिम पटक भारत विरुद्ध सिरीज जितेको थियो ।

वेष्ट इन्डिजका जेसोन होल्डर टिममा फर्किएका छन । जसले गर्दा टिम टी २० को भन्दा बलियो देखिएको छ । यस्तै जोन काम्बेल, रोस्टोन चेज र किमो पउल पनि टिममा फर्किएका छन ।

एकदिवसिय खेलमा वेष्ट इन्डिजले पछिल्ला पाँच खेलमा चारमा हार र एकमात्र जितेको छ। भारतले तीन जित र दुई हार ब्यहोरेको छ । आजको खेलमा क्रिस गेल पनि टिममा फर्किएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest