पाकिस्तान टिमका खेलाडीकाे बर्गिकरण

पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्गिकरण गरेको छ । सेन्ट्रल कन्ट्रयाक्टका लागि पीसीबीले तीन बर्गमा खेलाडीको बर्गिकरण गरेको छ ।

पीसीबीले बर्गिकरण गरेको खेलाडीमा बर्ग ए मा बाबर अजाम, सरफराज अहमद र यासिर खान मात्र रहेका छन । यस्तै बर्ग बी मा असद सफिक, अजहर अली, ह्यारिस सोहेल, इमाम उल हक, मोहम्मद अब्बास, शदाव खान, शाही शाह, वहाव रियाज छन ।

पाकिस्तान क्रिकेटले छुट्याएको बर्ग अनुसार सी मा आबिद अली, हसन अली, फखर जमान, इमाद वासीम, मोहम्मद आमिर, मोहम्मद रिजवान, शास मसूद र उस्मान सिनवार रहेका छन ।

अनुभवी खेलाडी मोहम्मद हफि र रोयब मलिकलाई कुनैमा पनि राखिएको छैन ।

पीसीबीले गत बर्ष ३३ खेलाडीलाई ५ बर्गमा विभाजन गरेको थियो । तर यसपटक खेलाडीलाई कटौती गरेर १९ मा झारीएको छ भने बर्गपनि तीनमा मात्र सिमित गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest