म्याक्कुलन २ वटा टिमकाे प्रशिक्षकमा नियुक्त

न्यूजिल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान ब्रान्डन म्याक्कुलम क्यारेबियन प्रिमियर लिग ट्रिनाडो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त हुने भएका छन । यसका साथै उनी इन्डियन प्रिमियर लिग टिम कोलकाता नाइटराइडर्सको पनि सहायक प्रशिक्षकमा नियुक्त भएका छन । यी दुई टिमका मालिक बलिउड अभिनेता शाहरुख खान रहेका छन ।

क्रिकेट सम्बन्धी वेबसाइट क्रिकइन्फोका अनुसार म्याक्कुलमले ग्लोबल टी–२० क्रिकेट लिगमा सन्यासको घोषणा गरेका थिए । टोरन्टो नेश्नल्स र ब्रम्पटोन उल्भ्स विचको खेलपछि सन्यास लिएका उनी चाँडै नयाँ भुमिकामा देखिने भएका छन ।

३७ बर्षे म्याक्कुलम यहि अगष्ट ३० बाट सुरु हुने युरो टी–२० प्रतियोगिता भने खेल्ने संभावना रहेको छ । उनी ग्लास्को जाइन्ट्सको आइकोनीक खेलाडी रहेका छन । तर सोहि बेला क्यारेवियन प्रिमियर लिग पनि चल्ने भएकाले कुन प्रतियोगितालाई प्राथमिकता दिने भन्नेमा एकिन हुन सकेको छैन ।

क्यारेबियन प्रिमियर लिग सेप्टेम्बर ५ तारिखबाट सुरु हुँदैछ । सन्याको घोषणा गर्ने बेला नै उनले अबको चुनौती सञ्चारमाध्यम र प्रशिक्षकको हुने बताएका थिए । २०१६ मा राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका उनले फ्रेन्चाइजी लिगहरु भने खेलिरहेका थिए ।

उनले आइपीएल चेन्नेइ सुपर किंग्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबाट खेलेका थिए । यस्तै विग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका थिए । पाकिस्तान सुपर लिग लाहोर कलन्दर र क्यारेवियन प्रिमियर लिग हाल मुख्य प्रशिक्षक भएको टिम ट्रिबागोबाट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest