१४९ किलाेका खेलाडी वेष्ट इन्डिजकाे टिममा

वेस्टइण्डिजले भारतविरुद्ध हुने २ टेस्ट सिरिजका लागि १३ सदस्यीय टिम घोषणा गरेको छ । पहिलो टेस्ट २२ अगस्टदेखि २६र दोस्रो टेस्ट ३० अगस्टदेखि ३ सेप्टेम्बरसम्म हुने छ ।

वेस्टइण्डिजले १३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गर्दा २६वर्षिय अलराउण्डर रहकीम कार्नवल सबैको केन्द्रमा परेका छन् । कार्नवलको ६फिट ५ इन्च उचाइ छ । साथै उनी तौल पनि चर्चामा आएको छ । उनको तौल १४० किलोग्राम रहेको छ । उनको उचाई र तौलका कारण वेस्टइण्डिजमा उनलाई ‘माउन्टेन म्यान’ को नामले पनि चिनिन्छिन् ।

टेस्ट सिरिजका लागि क्रिस गेल पनि टिममा परेका छन् । कार्नवल हालै वेस्टइण्डिज च्याम्यियनसिपमा लिवार्ड आइसल्याण्ड हरिकेन्स र वेस्टइण्डिज ए का लागि प्रथम श्रेणी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरका थिए । ५५ प्रथम श्रेणीमा उनले २३.९० को औसतले २६० विकेट लिएका छन् । यसैगरी व्याटिङ तर्फ २२२४ रन बनाएका छन् ।

उनको नाममा प्रथम श्रेणीमा १ शतक र १३ अर्धशतक सामेल छ । वेस्टइण्डिजका अन्तरिम खेलाडी छनोट समितिका अध्यक्ष रोबर्ट हेन्सले भने ‘रहकीमले लामो समयदेखि राम्रो प्रदर्शन गरेकाले उनलाई टिममा छनोट गरिएको हो ।’ १३ सदस्यीय टिममा घाइते भएका अल्जारी जोसेफ र जोमल वारिकनलाई टिममा राखिएको छैन् ।

वेस्टइडिज टीम ः जेसन होल्डर (कप्तान) क्रेग ब्रेथवेट, हेरेन ब्राभो, शमराह ब्रुक्स, जोन क्याम्बेल, रोस्टन चेस, रहकीम कार्नवाल, शेन डाउरिच, शेनान गेब्रियल, शिमरन हटमायर, शाई होप, किमो पल, र केमार रोच ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest