एभ्रेष्ट प्रिमियर लिग (इपीएल) आगामी फागुनमा हुने

एभ्रेष्ट प्रिमियर लिग (इपीएल) आगामी फागुनमा हुने भएको छ । सोमबार इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले जारी गरेको प्रेस विज्ञप्तिमा यो बर्षको संस्करण फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने जानकारी गराएको हो ।

अघिल्लो सिजनभन्दा यो बर्षको इपीएल एक महिना पछि धकेलिएको हो । प्रतियोगिताको मिती अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वय गरेर सार्वजनिक गरिएको आयोजकले बताएको छ ।

यो बर्षको इपीएलमा प्रत्येक टिमहरुले आइकोनिक खेलाडीका रुपमा टेस्ट राष्ट्रका खेलाडीलाई भित्र्याउनु पर्ने आयोजकले जनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest