सन्दिपले पाए अमेरीकाकाे भिषा

नेपाली युवा स्पिनर संदिप लामिछानेले दोस्रो प्रयासमा अमेरिकाको भिसा पाएका छन । क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानका लागि संदिपले अमेरिकाको भिसा आवेदन दिएका थिए, तर पहिलो पटक भिषाको अन्तवार्ताका लागि जाँदा उनलाई रिजेक्ट गरिएको थियो ।

अमेरिकी दुतावासले भिषा दिन असमर्थ भएपछि संदिपले ट्विट मार्फत निरासा पोखेका थिए । जसमा उनले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दुतावासलाइ मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका थिए ।

उनले सो ट्विटमा खेलेका थिए, सन् २०१६ देखी विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाइ अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको भन्दै उल्लेख गरेका थिए । तर त्यसको केहि घण्टामा नै सन्दिपालाई दुतावासले नै बोलाएर भिषा दिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest