भारत र वेस्टइण्डिजबीचको तेस्रो एकदिवसीय खेल आज

भारत र वेस्टइण्डिजबीचको तेस्रो एकदिवसीय आज भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल नेपाली समय अनुसार क्वीन्स पार्क ओवल मैदानमा राति सवा सात बजेपछि शुरुहुने छ ।

पहिलो एक दिवसीय क्रिकेट पानी परेपछि रद्द भएको थियो भने दोस्रो एक दिवसीय भारतले जितेको थियो । आजको खेलमा भारत विजयी भए सिरिज जित्ने छ भने वेस्टइण्डिज विजयी भए सिरिज ‘ड्र’ हुने छ । यसअघि भारतले टी २० सिरिज ३–० ले क्लीन स्वीप गरेको थियो । भारतीय टिमका कप्तान विराट कोहलीले दोस्रो खेलमा शतक बनाएका थिए ।

यसैगरी रोहित शर्मा र शिखर धवनको जोडी भने जम्न सकेको छैन । चौथो नम्बरको ब्याटिङ अर्डरमा भारतले संघर्ष गरिरहेकोमा पछिल्लो खेलमा श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङ अट्याक भने भुवनेश्वर कुमारको हातमा हुने छ । उनले पछिल्लो खेलमा ४विकेट लिएका थिए । उता वेस्टइण्डिजको ध्यान भने सिरिज बराबरी गर्नेमा हुने छ । त्यसका लागि उसको मध्यक्रमको ब्याटिङ अर्डर चल्न जरुरी छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest