न्यूजिल्याण्डको मध्यम प्रदर्शन

श्रीलंका विरुद्धको पहिलो टेष्टको पहिलो दिन पाहुना टिम न्यूजिल्याण्डले मध्यम प्रदर्शन गरेको छ । पहिलो दिनको खेल सकिदा न्यूजिल्याण्डले पाँच विकेटको क्षतीमा दुई सय पाँच रन बनाएको छ ।

श्रीलंकाको गालामा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मध्यम सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको उसले लगत्तै दोस्रो विकेट गुमाउन पुग्यो । उसका टोम लाथम ३० रनमा आउट भएभने केन विलियम्सनले खाता खोल्न सकेनन् ।

यस्तै ७१ रनमा तेस्रो विकेट गुमाएको न्यूजिल्याण्डका लागि चौथो विकेटका रुपमा रोस टेलर र हेनरी निकोल्सले सतकीय साझेदारी गरेका थिए । उसका जीत राभाल ३३ रनमा आउट भए । यस्तै निकोल्सले ४२ रन बनाए । त्यसपछि बीजे वाटलिङले पनि राम्रो गर्न सकेनन् । उनी मात्र एक रनमा आउट भए ।

न्यूजिल्याण्डका रोस टेलर अविजीत ८६ रनमा खेलिरहेका छन । बलिङमा श्रीलंकाका अकिल धनन्जयले पाँच विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest