वेष्ट इन्डिज विरुद्धको तीन खेलको सिरीज भारतको पक्षमा

वेष्ट इन्डिज विरुद्धको तेस्रो एकदिवसिय खेल भारतले जितेको छ । गएराति भएको खेलमा भारतले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गर्यो । जितसँगै भारतले तीन खेलको सिरीज दुई शुन्यले आफ्नो पक्षमा पारेको छ ।

वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजको पारीमा बर्षा बाधक बनेको थियो । उसको स्कोर २२ ओभरमा एक सय ५८ रन हुँदा भारी बर्षा भएपछि खेल केहिबेर रोकिएको थियो । वेष्ट इन्डिजका लागि क्रिस गेलले विस्फोटक ७२ रन बनाए भने इभीन लुइसले ४३, सेइ होपले २४, सिमरोन हिटमेयरले २५ तथा निकोलस पुरनले ३० रनको योगदान गरे ।

बर्षापछि सुरु भएको खेल डक वर्थ एण्ड लुइसको नियमका आधारमा ३५ ओभरमा झारीएको थियो । जसमा वेष्ट इन्डिजले सात विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । बलिङमा भारतका खलिल अहमेदले तीन तथा मोहम्मद सामीले दुई विकेट लिए ।

जवाफमा भारतले ३२ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान विराट कोहलीले सतकीय पारी खेले । करियरमा ४२ औं सतक बनाउने क्रममा उनले १४ चौका प्रहार गरेका थिए । यस्तै श्रैयस ऐयरले ६५ तथा शिखर धवनले ३६ रन बनाए । केदार ज्यादवले १९ रन थपे । प्रतियोगिताको म्यान अफ द म्याच र म्यान अफ द सिरीज विराट कोहली नै भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest