आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानकाे लगातार दाेस्राे जित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान,पप्पुवा न्युगिनी र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिजमा ओमानले स्कटल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य ओमानले ४५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले ४४.४ ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्रै जोडेको थियो । उसका लागि कप्तान काइल कोइट्जरले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै विकेटकीपर मेथ्यु क्रोस ३३, क्रेग वालेस ३६ र सयाफन शरिफले १२ रन जोड्न बाहेक अन्यले राम्रो गर्न सकेनन् ।

ओमानका लागि खवर अलीले ९ ओभरमा १ मेडन सहित ४ विकेट लिए । त्यस्तै अमिर कलिम,जेशन मकसुदले समान २ विकेट लिए । फायज बुट र अकिब अलियासले समान १ विकेट लिए ।

ओमानको सहज जितमा खवर अलीले १ सय ४० बलमा ५ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै युवा खेलाडी अकिव इलियास ९२ बलमा ४ चौका सहित ६१ र जितेन्द्र सिंह १९ रनमा आउट भए । स्कटल्यान्डका लागि मार्क वाट्ट र अदिन्द निल्लीले समान १ विकेट लिए ।

यसअघि पहिलो खेलमा पप्पुवा न्युगिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest