भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि रवि शास्त्री नै कायम

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि रवि शास्त्री नै पुनः नियुक्त भएका छन् । आईसीसी विश्वकप पछि कार्यकाल सकिने भएपनि जारी वेस्टइण्डिज सिरिजका कारण उनको कार्यकाल ४५ दिन थप गरिएको थियो ।

त्यसपछि नयाँ प्रशिक्षकका लागि आवेदन खुला गरिएकोमा शास्त्री सहित ६ जनाको नाम छनोट समितिले सर्ट लिस्ट गरेको थियो । ६ जना मध्य वेस्टइण्डिजका फिल सिमन्सले नाम फिर्ता लिएपछि मुम्बईमा आज ५ जनाको अन्तरवार्ता लिइएको हो ।

जसमा शास्त्रीको अन्तरवार्ता भने भारतीय टिमसँग वेस्टइण्डिजमा रहेकाले भिडियो कन्फ्रेन्स मार्फत लिइएको थियो । रेसमा रहेका पाँच जना प्रशिक्षकका उम्मेदवारमा रवि शास्त्री सबैभन्दा अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

शास्त्रीको कार्यकाल २०२१ मा भारतमा हुने टी २० विश्वकप सम्म रहने छ । वेस्टइण्डिज जानु पूर्व पनि कप्तान कोहलीले पत्रकार सम्मेलनमा रवि शास्त्रीसँग टिमको तालमेल राम्रो रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले यो पनि भनेका थिए की ‘शास्त्री फेरि पनि प्रशिक्षकमा नियुक्त भए हामी सबै खुशी हुने छौं ।’

शास्त्री २०१७ मा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए । उनको रेकर्ड भने राम्रो रहेको छ । यो २ वर्षमा भारतले अस्ट्रेलियामा पहिलो पटक सिरिज जित्न सफल भयो । २०१७ मा भएको २१ टेस्ट मध्ये भारतले १३ वटामा जित निकाल्न सफल भयो ।

टी २० मा पनि ३६ मा २५ मा जित निकाल्न सफल भएको थियो । एक दिवसीय क्रिकेटको कुरा गर्ने हो भने ६० वटामा ४३ वटामा जित निकालेको थियो । तर विश्वकप २०१९ मा भने भारतीय टिम सेमिफाइनल भन्दा अगाडी जान सकेन् । अहिले अतिरिक्त कार्यकालमा पनि भारतीय टिमले वेस्टइण्डिजमा टी २० र एक दिवसीय सिरिज जितिसकेको छ ।

रवि शास्त्री भारतीय टिमका कप्तान कोहलीका मात्र फेबरेट पात्र होइनन् । अरु खेलाडीहरुले पनि उनलाई उत्तिकै सम्मान र माया गर्छन् भने तालमेल पनि राम्रो मिल्ने गरेको बताउँछन् । शास्त्रीको उप कप्तान रोहित शर्मा र पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग पनि शास्त्रको सम्बन्ध सुमधुर रहेको छ । शास्त्रीको पक्षमा खुलेआम पूर्व खेलाडीहरु लागेका थिए । पूर्व कप्तान सौरभ गांगुली र अजहरुदीनले कप्तान कोहलीको भनाईलाई समर्थन गर्दै शास्त्रीलार्य प्रशिक्षक बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest