बंगलादेशको क्रिकेट प्रशिक्षकमा रशेल डोमिंगो नियुक्त

बंगलादेशको क्रिकेट प्रशिक्षकमा रशेल डोमिंगो नियुक्त भएका छन् । उनको कार्यकाल २ वर्षको हुने छ । दक्षिण अफ्रिकाका पूर्व प्रशिक्षक डोमिंगोल माइक हसन र मिक्की आर्थरलाई पछि पार्दै बंगलादेशको प्रशिक्षक नियुक्त भएका हुन् ।

उनले स्टिभ रोड्सको स्थान लिने छन् । आईसीसी विश्वकप २०१९ मा बंगलादेशको टिम समूह चरणबाटै आउट भएपछि तत्कालिन प्रशिक्षक रोड्स बाहिरिएका थिए । ४४ वर्षीय डोमिंगोले यसअघि दक्षिण अफ्रिकाको यू १९ र सिनियर टिम सम्हालेको थिए । उनको कार्यकालमा सिनियर टिम २०१४ को टी २० र २०१५ को एक दिवसीय विश्वकपमा सेमिफाइनल पुगेको थियो । बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष नज्मुल हसनले उनको नियुक्तिसँगै बंगालदेशको क्रिकेटले गति लिने विश्वास व्यक्त गरे ।

उनको नियुक्तिसँग कोचिङ स्टाफमा दक्षिण अफ्रिकीहरुको बाहुल्यता रहेको छ । बीसीबीले यअसघि नै व्याटिङ प्रशिक्षक निल म्याकेनजी र बलिङ प्रशिक्षक चार्ल लाङ भेल्टको सम्झौता नविकरण गरेको थियो । डोमिंगो २०१३ देखि २०१७ सम्म दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षक रहँदा ती दुई प्रशिक्षकले सर्पोटिङ स्टाफको रुपमा काम गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest