जडेजासँगै पुनम यादव अर्जुन अवार्डका लागि सम्मानित

भारतीय क्रिकेट टिमका अलराउण्डर रवीन्द्र जडेजासँगै महिला खेलाडी पुनम यादवलाई भारतको प्रतिष्ठित अर्जुन अवार्डका लागि सिफासिर गरिएको छ । उनीसँगै मोहम्मद सामी, जसप्रित बुम्राहलाई पनि यो अवार्डका लागि समावेश गरिएको छ ।

यस्तै प्यारा एथ्लिट दीपा मलिक र रेसलर बजरंग पुनियाले देशको सर्वश्व सम्मान राजीव गांधी खेल रत्न अवार्डबाट सम्मानित गरिने भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिने गरिन्छ । जसका लागि फरक फरक खेल बोर्डले आफ्नो खेलाडीलाई सिफारिस गर्ने प्रचलन रहेको छ ।

संघले जुन खेलाडीलाई सिफारिस गरिन्छ, उनीहरुले नै सो अवार्ड पाउने पक्का जस्तै रहेको छ । अर्जुन अवार्डका लागि कुल १९ खेलाडीको नाम सिफारिस गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest