पहिलो टेष्टमा श्रीलंकाले न्युजिल्याण्डलाई ६ विकेटले हरायाे

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत पहिलो टेष्टमा श्रीलंकाले न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ । जितसँगै श्रीलंकाले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

गाले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो इनिङ्समा न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको थियो ।  दोस्रो इनिङ्समा न्युजिल्याण्डले २ सय ८५रन बनाएको थियो ।

दोस्रो इनिङ्समा न्युजिल्याण्डका बिजे वाट्लिङले ७७ रनको अर्धशतकिय इनिङ्स खेल्दा टम लाथमले ४५ र विलियम रिचार्डले अविजित ४० रन बनाएका थिए । श्रीलंका पहिलो इनिङ्समा २ सय ६७ रनमा अलअाउट भएकाे थियाे ।

न्युजिल्याण्डले दिएको २ सय ६८ रनको लक्ष्य श्रीलंकाले टेष्टको चौंथो दिन आइतबार ८६ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

श्रीलंकालाई जित दिलाउन दोस्रो इनिङ्समा कप्तान दिमुथ करुनारत्नेले १ सय २२ रनको शतकीय इनिङस खेले । यस्तै लाहिरु थिरिमानेले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा एञ्जेलो म्याथ्युजले अविजित २८ रन बनाए ।

त्यस्तै कुशल परेराले २३ तथा धनन्जय सिल्भाले अविजित १४ रनको योगदान गरे । न्युजिल्याण्डका ट्रेण्ड बोल्ट, टिम साउथे, अजाज पटेल र विलियम रिचार्डले एक एक विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest