लर्डसकाे टेष्टमा स्मिथ नखेल्ने

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्ध जारी दोस्रो टेष्टको अन्तिम दिनको खेल गुमाउने भएका छन् ।

दोस्रो टेष्ट अन्तर्गत शनिबार पहिलो इनिङ्समा ब्याटिङ गर्ने क्रममा घाइते भएपछि स्मिथले अन्तिम दिनको खेल गुमाउने भएका हुन् । अष्ट्रेलिया क्रिकेटले स्मिथको स्थानमा अर्को खेलाडी खेलाउनका लागि आईसीसीलाई आग्रह गरेको छ ।

स्मिथ शनिबार इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो । त्यसपछि उनि ८० रनमा बनाउँदा रिटायर्ड भएका थिए । तर, पुन: मैदान आएका स्मिथ ९२ रन बनाएर आउट भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest