आइसीसी टेष्ट च्याम्पियनसिप: इंग्ल्याण्ड र अष्ट्रेलिया विचको दोस्रो टेष्ट बराबरीमा

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत इंग्ल्याण्ड र अष्ट्रेलिया विचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । पाँचौ तथा अन्तिम दिन इंग्ल्याण्डले दिएको दुई सय ६७ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले एक सय ५४ रनमा ६ विकेट गुमाउँदा खेल सकिएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा २५८ रन बनाएको थियो । उसका लागि जोनी ब्रेस्टोले ५२ तथा रोरे बर्नसले ५३ रन बनाएका थिए । जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको ९२ रनको सहायताले दुई सय ५० रन बनायो ।

दोस्रो पारीमा इंग्ल्याण्ड दुई सय ५८ रनमा ५ विकेट गुमाउदै पारीको घोषणा गरेको थियो । उसका लागि बेन स्टोकले एक सय १५ तथा जोस बट्लरले ३१ र जोनी ब्रेस्टोले ३० रनको योगदान गरेका थिए ।

जसका कारण अष्ट्रेलियाले दुई सय ६७ रनको लक्ष्य पाएको थियो । तर उसले पाँचौ दिनको खेल सकिदा एक सय ५४ रनमा ६ विकेट गुमेपछि खेल बराबरीमा सकियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest