शाहजादलाई एक वर्षको लागि निलम्बन

अफगानिस्तान क्रिकेट बोर्डले विकेट किपर ब्याट्सम्यान अहमद शाहजादलाई एक वर्षको लागि निलम्बन गरेको छ ।

केहि दिन अघि मात्र अनिष्चितकालका लागि निलम्बन गरेको बताएको बोर्डले सोमबार प्रेश विज्ञप्ति निकाल्दै एक वर्षको लागि निलम्बन गरेको जनाएको हो । शाहजाद एक बर्षसम्म क्रिकेट सम्बन्धि कुनै पनि गतिबिधिमा समाबेस हुन पाउने छैनन् ।

शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै बोर्डले उनलाई कारबाही स्वरुप निलम्बन गरेको हो ।

अफगान क्रिकेट बोर्डले आफ्नो प्रेश विज्ञप्तिमा यस्तो भनेको छ ‘अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानमा नै आफ्ना खेलाडीहरुको अभ्यासका लागि सुविधा सम्पन्न र राम्रो प्रशिक्षणको व्यवस्था गरेको छ । कुनै पनि खेलाडीले अभ्यासका लागि भने विदेश जान पर्दैन । ‘

पछिल्लो समय शाहजादको बोर्डसँगको सम्बन्ध बिग्रिएको छ । इंग्ल्यान्ड र वेल्समा हालै सम्पन्न विश्वकपका क्रममा शाहजाद घाइते भएको भन्दै उनको स्थानमा अर्को खेलाडीलाई टोलीमा समावेस गर्दै उनलाई घर फर्काइएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest