प्रतिबन्ध पुरा गरेर क्रिकेटमा फर्किदै शारजिल

स्पट फिक्सिङमा दोषि देखिएपछि प्रतिबन्धमा परेका शारजिल खान यो वर्षको अन्तिममा मैदान फर्किने भएका छन् ।

सन् २०१७ मा पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङ गरेको प्रमाणित भएपछि उनलाई क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाइएको थियो । २८ वर्षे शारजिलले पाकिस्तान क्रिकेट बोर्डमा विना सर्त माफी मागेपछि उनी यो वर्षको अन्तिममा क्रिकेटमा फर्किने मौका पाएका हुन् ।

‘म पाकिस्तान क्रिकेट बोर्ड, मेरो टिमका साथीहरु, फ्यान र परियार सबै प्रति माफी माग्न चाहन्छु,’ शारजिलले भनेका छन्,‘भविष्यमा जिम्मेवार भएर क्रिकेट खेल्नेछु ।’

सन् २०१७ को पीएसएलमा स्लामाबाद युनाइटेडबाट खेलेको शारजिलले पाकिस्तानको एन्टी करप्सन कोडका पाँचवटा नियम उलंघटन गरेका थिए । दुबै जनालाई पाँच वर्षको प्रतिबन्ध सुनाइएपनि शारजिलको सजाय अलि खुकुलो बनाइएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest