स्मिथ तेस्रो टेस्टबाट बाहिर

अस्ट्रेलियाका स्टीव स्मिथ तेस्रो टेस्टबाट वाहिर भएका छन् ।

लर्डसमा भएको दोस्रो टेस्टका बेला घाइते भएका उनी तेस्रो टेस्टमा खेल्ने छैनन् । एसेज शृंखला अन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइत भएका थिए ।

जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिरगमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ । हारि सकेको दोस्रो टेस्ट पनि स्मिथका कारण अस्ट्रेलियाले बराबरी गरेको थियो । ८० रन बनाएर स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो ।

चोट बढि भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । त्यसपछि क्रिजमा आएका उनले थप १२ रन बनाउँदै आउट भएका थिए । तर दोस्रो पारिमै उनी मैदान उत्रन नसके पछि अस्ट्रेलियाले स्मिथको ठाउँमा खेलाडी नै रिप्लेस गरेको थियो ।

स्मिथको सव्सीच्यूडरुपमा मैदान आएका मार्नस लबुसेनले ५९ रन बनाएका थिए । स्मिथले पहिलो टेस्टमा पहिलो र दोस्रो दुवै पारिमा शतक बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest