एसीसी यू-१९ एसिया कपकाे खेल तालिका सार्वजनिक

श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्ने भएको छ ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको समुहमा श्रीलंकासँगै बंगलादेश र युएई रहेका छन । जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपालको दोस्रो प्रतिद्धन्द्धीका रुपमा बंगलादेश रहेको छ । उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समुहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ ।

अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन । प्रतियोगिताको दुई समुहको शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । यसको अर्थ नेपालले दुई टेष्ट राष्ट्र श्रीलंका वा बंगलादेश मध्ये एकलाई हराउन सकेमा र युएईलाई पराजित गरेमा सेमिफाइनलमा पुग्ने प्रबल संभावना रहेको छ ।

यसै प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अगाडी देखि प्रशिक्षण सुरु गरेको छ । तर टिमले औपचारिक तयारी भने अगष्ट १२ तारिखबाट गरेको थियो । प्रतियोगिताका लागि नेपाललले अन्तिम नामावली एसीसीलाई पठाइसकेको छ । जसमा यसअघि इस्र्टन रिजन च्याम्पियनसिप खेलेका तीन खेलाडी परिवर्तन हुन सक्नेछन । यसपटक टिममा अनुभवी खेलाडी सन्दिप जोरा, आसिफ शेख, शुर्य तामाङ टिममा फर्कन सक्नेछन ।

यो प्रतियोगिता अगाडी नेपाली युवा टिमले श्रीलंकामा नै बन्द प्रशिक्षण राख्नेछ । जसमा नेपालले तीन वटा अभ्यास खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest