भारतीय क्रिकेट टिमकाे सपाेर्ट स्टाफमा चर्चित क्रिकेटरकाे इच्छा

भारतीय क्रिकेट टिमको सपाेर्टिङ स्टाफका लागि कयौं हाई प्रोफाइल क्रिकेटरले आवेदन दिएका छन् । आईसीसी विश्वकपपछि भारतीय क्रिकेट टिमका प्रशिक्षण दलको कार्यावधी सकिएको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले सार्वजनिक सुचना नै जारी गरेर प्रमुख प्रशिक्षक, ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । रवि शास्त्रीलाई अबको दुई वर्ष प्रशिक्षणको जिम्मेवारी दिइसकेको छ । सपोर्टिङ स्टाफका लागि भने अन्तरवार्ता जारी छ ।

ब्याटिङ प्रशिक्षकमा इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान मार्क रामप्रकाश र जोनाथन ट्रटले आवेदन दिएका छन् । उनीहरुसँगै श्रीलंकाली पूर्व ब्याट्सम्यान थिलन समिराविरा, भारतका प्रविन अम्रे, अमोल मुजुम्दार, ऋषिकेश कनिट्कर र विक्रम राठौंर छ । यस्तै बलिङ प्रशिक्षकमा वेनकटेश प्रसाद, सुनिल जोशी, अमित भण्डारी र पारस माम्ब्रे छन् ।

फिल्डिङतर्फ दक्षिण अफ्रिकी ब्याट्सम्यान तथा लिजेन्डरी फिल्डर जोन्टी रोड्स र अन्त बोताले आवेदन दिएका छन् । तर, प्रमुख प्रशिक्षक शास्त्री यसअघिकै सपोटिङ स्टाफलाई निरन्तरता दिने योजनामा छन् । यसअघि उनको प्रशिक्षण दलमा सञ्जय बंगार (सहायक प्रशिक्षक), भारत अरुण (बलिङ प्रशिक्षक) र आर श्रीधर (फिल्डिङ प्रशिक्षक) थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest