एसियाकपका लागि यू-१९ टिमको घोषणा

श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । एसिया कपमा पनि रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्ने छन् ।

एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गत महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागी भएका तीन जना खेलाडी परिवर्तन भएका छन् ।

यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फकिएका छन् । यस्तै विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम टिमबाट बाहिरिएका छन् ।

नेपालले एसीसीको तयारी ढिलो गरि सुरु गरेको हुँदा एसीसीमा खेलाडीको सूची पनि केहि दिन ढिलो गरी पठाएको थियो ।

यसअघि यू १९ टिममा पर्न नसकेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, युवा स्पिनर सूर्य तामाङ र विस्फोटक ब्याट्सम्यान सन्दीप जोरालाई यसपटक टिममा राखिएको हो ।

बर्षा सिजनका कारण अभ्यासमा समस्या भएकाले टिमले तीनवटा सेलेक्सन खेल खेल्ने बताए पनि असफल भएको थियो । नेपाली टिमले करिव १० दिन अगाडी श्रीलंका गएर अभ्यास गर्ने कार्यक्रम रहेको छ । जसमा नेपालले तीन वटा अभ्यास खेल खेल्ने पनि योजना रहेको छ ।

नेपाली टिमले अभ्यास खेलमा पाकिस्तान र अफगानिस्तानसँग खेल्न आग्रह गरेको थियो । तर अहिलेसम्म एसीसीले फाइनल स्विकृती दिएको छैन । यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग खेल्ने छ ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको समुह ‘बी’ मा श्रीलंकासँगै बंगलादेश र युएई रहेका छन । जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपालको दोस्रो प्रतिद्धन्द्धीका रुपमा बंगलादेश रहेको छ ।

उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समुहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ । अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन । प्रतियोगिताको दुई समुहको शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

विहीबार घोषणा गरिएको टिम लिस्ट यस प्रकार छ ।
कप्तान रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी ।

प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियो बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो ।

नेपाली टिम शनिबार श्रीलंका जाने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest