इंग्ल्याण्ड विरूद्द अष्ट्रेलिया पहिलाे दिन नै धरापमा

अस्ट्रेलिया, एसेस सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो दिन एक सय ७९ रनमा अल आउट भएको छ । इङल्यान्डका लागि जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए ।

लिड्समा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा ५२ ओभर एक वलमा झिनो रनमा समेटिएको हो । टिमको स्कोर १२ रन अस्ट्रेलियाले मार्कस ह्यारीलाइ गुमाएको थियो । उनी मात्र आठ रनमा पवेलियन फर्किए । उस्मान ख्वाजा पनि आठ रनमानै आट भएपछि अस्ट्रेलिया २५ रन दुइ विकेटको स्थितीमा पुगेको थियो ।

तर डेविड वार्नर र मार्नस लाबोसेनले तेस्रो विकेटका लागि एक सय ११ रनको साझेदारी गर्दै पारीलाइ सम्हालेका थिए । तर वार्नर ६१ रनमा वार्नरको वलमा आउट भएसंगै अस्ट्रेलियाको पारी दवावमा आएको थियो । त्यसपछि उसले तीन रन जोड्दा तीन विकेट गुमायो । टनभिस हेड र म्याथ्यु हेडले खाता खोल्न सकेनन् भने टिम पेन एघार रनमा मैदान बाहिरिए । लाबोसेनले ७१ रनको योगदान दिए ।

करियरको केवल दोस्रो टेस्ट खेलिरहेका आर्चरले १७ दशमलब एक ओभर वल फाल्दै ६ विकेट लिएपछि अस्ट्रेलिया धरासायी भएको हो । उनले तीन ओभर मेडन राख्दै केवल ४५ रन खर्चिएका थिए । स्टुवाट बोर्डले दुइ तथा बेन स्टोक्स र क्रिस वोक्सले एक एक विकेट लिए ।

चोटका कारण तेस्रो टेस्ट गुमाएका स्टिभ स्थिथको अभाव अस्ट्रेलियन टिममा देखिएको थियो । पांच खेलको सिरिजमा अस्ट्रेलिया एक शुन्यले अघि रहेको छ । एज्बास्टोनमा खेलिएको पहिलो टेस्ट अस्टे«लियाले दुइ सय ५१ रनले जितेको थियो भने लर्डसमा भएको दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest