राथोर भारतीय क्रिकेट टिमको नयाँ ब्याटिङ प्रशिक्षकमा नियुक्त

पूर्व खेलाडी विक्रम राथोर भारतीय क्रिकेट टिमको नयाँ ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन । यसअघिका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरलाई रिप्लेस गरेका उनको औपचारिक सम्झौता मात्र हुन बाँकी रहेको छ ।

भारतीय टिमको ब्याटिङ प्रशिक्षकमा विक्रम नियुक्त भएपनि बलिङ र फिल्डिङ प्रशिक्षकमा भने भरत अरुन र आर श्रीधर नै कायम रहने भएका छन । दुबै प्रशिक्षकलाई थप दुई बर्षका लागि सम्झौता लम्ब्याएको छ । भारतीय टिमको नयाँ प्रशिक्षक छनोट समितीले अन्तिममा तीन जना खेलाडीलाई छनोट गरेकोमा विक्रमलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।

अरु दुई स्थानका लागि सर्टलिष्टमा परेका खेलाडीमा सञ्जय बांगर र इंग्ल्याण्डका पूर्व खेलाडी मार्क रामप्रकाश रहेका थिए । यस्तै बलिङ प्रशिक्षकमा पारस महमंब्रे तथा भेनकटेस प्रशाद अन्तिम सूचीमा रहेको थिए । यस्तै फिल्डिङ प्रशिक्षकको सर्टलिष्टमा पनि टी दिलिप, र अभय शर्माको नाम अन्तिम सूचीसम्म रहेको थियो । तीन वटै सपोर्ट स्टाफलाई दुई बर्षको समयावधी दिइएको छ ।

नयाँ ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका खेलाडी राथोर हाल यू–१९ क्रिकेट टिमका छनोटकर्ता आशिष कपुरका ज्वाँई हुन । जसका कारण उनी यो पदमा नियुक्त हुन कतै नातावाद त लागु भएन भन्ने प्रश्न पनि खडा भउको छ । तर यसमा बीसीसीआइले उनको क्षमताका आधारमा जिम्मेवारी दिइएको बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest