श्रीलंकामा नेपालले स्थानीय क्लवसँग अभ्यास खेल खेल्ने

श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टिम भोली (शनिबार) त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रतियोगिता सुरु हुनभन्दा करिव १० दिन अगाडी श्रीलंका जान लागेको नेपाली युवा टिमले फेरी पनि अभ्यास खेलमा धोका पाएको छ । एसिया कप अगाडी राम्रो म्यान एक्पोजर होस भनेर नेपाली टिमले एसीसीलाई अभ्यास खेलका लागि दुई वटा टिम पाकिस्तान र अफगानिस्तानसँग खेल्न अनुरोध गरेको थियो । तर नेपालले गरेको सो आग्रहलाई एसीसीले फेरी पनि अस्विकार गरेको छ । जसका कारण नेपाली टिमले श्रीलंकाको ए डिभिजन क्लवका टिमसँग तीन वटा अभ्यास खेल खेल्ने भएको छ ।

नेपाली टिमले प्रतियोगिता अगाडी बलियो टिमसँग खेल्न पाएमा आफ्नो कमजोरीहरु सुधार्ने मौका हुन्छ भन्ने अपेक्षाका साथ यो प्रस्ताव गरेको थियो । तर एसीसीले नेपालले प्रस्ताव गरेको समयमा युएई बाहेक अरु कुनैपनि टिम नआइपुग्ने भएकाले नेपालको इच्छा पुरा नभएको हो ।

नेपाल श्रीलंका हुने समयमा यूएई टिम हुने भएपनि आफ्नै समुहमा रहेको टिमसँग खेल्न उचित नलागेकाले नखेल्ने निर्णय नेपालले गरेको हो ।

श्रीलंकाको ए डिभिजन क्लवहरु पनि राम्रो हुने भएकाले त्यसबाट नै राम्रो अभ्यास गर्नुपर्ने बाध्यता नेपाली युवा टिमलाई भएको छ । सेप्टम्बेर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह बी मा परेको छ । जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा श्रीलंकासँग खेल्नेछ भने आठ तारिखमा बंगलादेश र १० तारिखमा युएईसँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest