श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने

श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने भएको छ । २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन । अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन् ।

सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी २० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । श्रीलंकाका खेलमन्त्री हारिन फर्नान्डोले भने ‘सिमित ओभरको क्रिकेटका लागि टिम पाकिस्तान पठाउन तयार भए पनि टेस्ट सिरिजका लागि टिम पठाउने अवस्था छैन् ।’

श्रीलंका र पाकिस्तानबीचको टेस्ट सिरिज भने यूएईमा हुने सम्भावना बढी छ । पाकिस्तानमा आतंकवादी हमला भएपछि पाकिस्तानी टिमले यूएईमा अन्तर्राष्ट्रिय तथा घरेलु सिरिज आयोजना गर्दै आएको छ ।

सेप्टेम्बर– अक्टुबरमा तीन टी–२० र तीन एक दिवसीय क्रिकेट । टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest