एसीसी यू-१९ एसिया कपका लागि नेपाली टिम आज श्रीलंका प्रस्थान गर्दै

श्रीलंकामा आयोजना हुने एसीसी यू १९ एसिया कपका लागि नेपाली युवा टिम आज श्रीलंका प्रस्थान गर्दैछ । प्रतियोगिता सुरु हुन भन्दा करिव १० दिन अगाडी नै श्रीलंका जान लागेको नेपाली युवा टिमले त्यहाँ स्थानीय ए डिभिजन क्लवसँग तीन वटा अभ्यास खेल खेल्नेछ ।

अघिल्लो संस्करणमा समुह चरणमा भारतलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगेको नेपाली युवा टिमले यसपटक घरेलु मैदानमा दुई साताको सामान्य प्रशिक्षण गर्न पाएको छ । बर्षा सिजनमा नेपाली युवा टिमले अभ्यास खेल पनि राम्रोसँग खेल्न पाएन । त्यसमा पनि नेपालले भारतमा अभ्यासका लागि गरेको पहल पनि खेर गएको थियो ।

यस्तै अहिलेपनि श्रीलंकामा एसिया कपमा नै सहभागि टिमसँग अभ्यास खेलका लागि गरेको पहल पनि सफल हुन सकेन । टिमले पाकिस्तान र अफगानिस्तानसँग अभ्यास खेलका लागि अनुरोध गरेको थियो । तर एसीसीले नेपाल श्रीलंका हुने समयमा कुनैपनि टिम नआइपुग्ने भन्दै प्रस्तावलाई अस्विकृत गरेको थियो । अब नेपालले श्रीलंकाको स्थानीय क्लवसँग अभ्यास खेल खेल्ने भएको छ । श्रीलंकाको शिर्ष डिभिजन क्लवसँग खेल्ने तीन वटा अभ्यास खेलले पनि नेपाली टिमका लागि राम्रो हुने प्रशिक्षक विनोद दासको भनाई छ ।

नेपाली टिम आज दिउसो भारत हुँदै श्रीलंका पुग्नेछ । यसपटकको टिममा तीन जना खेलाडीलाई प्रशिक्षक विनोद दासले टिममा फर्काएका छन । जसमा आसिफ शेख, सन्दिप जोरा र शूर्य तामाङ रहेका छन । श्रीलंंकामा टिमले सुरुवातको दुई दिन अभ्यास गर्नेछ भने तेस्रो दिन म्यान खेल्नेछ । तर तीनै खेल फरक टिमसँग हुने संभावना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest