इंग्ल्याण्डकाे २ बर्षमा ४ पटक टेष्ट क्रिकेटमा कम स्काेरमा समेटिने रेकर्ड

इंग्ल्याण्डले पछिल्लो २ बर्षमा चार पटक टेष्ट क्रिकेटमा एक सय भन्दा कम स्कोरमा अलआउट भयो । जुन इंग्ल्याण्डको खराव रेकर्ड बनेको छ । एसेस टेष्ट सिरीजमा अष्ट्रेलिया विरुद्धको तेस्रो खेलमा इंग्ल्याण्ड पहिलो पारीमा मात्र ६७ रनमा अलआउट भयो । यो सँगै इंग्ल्याण्ड दुई बर्षभित्रमा चार पटक एक सय रन पनि बनाउन नसक्ने रेकर्ड बनायो ।

विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछि आयरल्याण्ड विरुद्धको चार टेष्टको सिरीजको पहिलो टेष्टको पहिलो पारीमा एक सय रन बनाउन सकेन । यस्तै यसपटक पनि अष्ट्रेलिया विरुद्ध इंग्ल्याण्ड मात्र ६७ रनमा अलआउट हुन पुग्यो । टेष्ट क्रिकेटमा मात्र २८ ओभरमा अलआउट भएको इंग्ल्याण्ड त्यसअघि न्यूजिल्याण्ड विरुद्ध अकल्याण्डमा २०१८ मा मात्र ५८ रनमा अलआउट भएको थियो । यस्तै वेष्ट इन्डिज विरुद्ध पनि इंग्ल्याण्ड घरेलु मैदानमा नै ७७ रनमा समेटिएको थियो ।

विश्व विजेताको उपाधि जितेपछिका लगातार टेष्ट क्रिकेटमा खराव प्रदर्शनले इंग्ल्याण्ड यतिबेला निकै आलोचित बनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest