यू-१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका उड्याे

एसीसी यू १९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ ।

घरेलु मैदानमा दुई साताको तयारी पनि टिम तयार पारेर श्रीलंकामा तीन अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धारीत मिती भन्दा पहिले नै गएको हो । श्रीलंकाको स्थानीय क्लवसँगको अभ्यासका लागि नेपाली टिम गएको हो । नेपालले श्रीलंकामा ए डिभिजन क्लवसँग अभ्यास खेल्नेछ । नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित विदाई गरेका हुन । उनले टिमले राम्रो गर्नेमा विश्वस्त रहेको बताएका थिए ।

यस्तै टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभएपनि आफुहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए । उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने संभावना रहेको समेत बताए ।
यस्तै प्रशिक्षक विनोद दासले टिमले योजना अनुसारको तयारी नपाएपनि पछिल्लो केहि महिना देखि टिमको सेटअप राम्रो रहेकाले एसिया कपमा राम्रो नतिजाको अपेक्षा गरेको धारणा राखे ।

समुह बी मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यसपछि ८ तारिखमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश रहेको छ । समुहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा युएईसँग खेल्नेछ । समुहका दुई शिर्ष टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest