वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा भारतले तीन सय १८ रनको जित

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा भारतले तीन सय १८ रनको जित निकालेको छ ।
वेष्ट इन्डिजमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत पहिलो पारीमा दुई सय ९७ रन बनाएको थियो । उसका लागि अजिन्क्या राहाणेले ८१ रन बनायो भने यस्तै रविन्द्र जडेजाले ५८ तथा लोकेश राहुलले ४४ रन थपे ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र दुई सय २२ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन् । पहिलो पारीमा वेष्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडीमा रोस्टोन चेसले ४८ रन बनाए भने कप्तान जेसोन होल्डरले ३९ रनको योगदान गरे । बलिङमा भारतका लागि इसान्त शर्माले पाँच विकेट लिए ।

पहिलो पारीमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा तीन सय ४३ रन बनाउँदै पारीको घोषणा गरेको थियो । भारतका लागि अजिन्क्या राहाणेले एक सय दुई रन बनाए भने हनुमान विहारीले ९३ रनको पारी खेले । यस्तै कप्तान विराट कोहलीले ५१ रन बनाए । दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेष्ट इन्डिजले चार सय १९ रनको लक्ष्य पाएको थियो ।

तर दोस्रो पारीमा वेष्ट इन्डिज मात्र एक सय रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा केमर रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले ५ तथा इसान्त शर्माले तीन र मोहम्मद सामीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest